१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार भुटानी शरणार्थी प्रकरणमा जरैसम्म पुग्न सकेन : राजेन्द्र पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२३:oo

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको बताउँदै उनले भ्रष्टाचार अहिले संघदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको दाबी गरे। उपाध्यक्ष पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने देशमा सुशासन कायम हुन नसक्ने बताए। 

उनले अहिले को छ भ्रष्टाचारी नभई को छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने स्थिति देखिएको बताए। उनले भने, ‘संसदीय व्यवस्था सँगसँगै पजेरो भित्रियो। सुविधाभोगी हुने प्रवृत्तिको विकास भयो। आज को छ भ्रष्टाचारी होइन, को छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने अवस्था आएको छ। भ्रष्टाचार हिजो प्रधानमन्त्री, मन्त्रीको तहमा मात्रै हुन्थ्यो होला अब हाम्रो वडा सदस्यसम्म भ्रष्टाचार पुगेको छ। आज त्यो भुटानी शरणार्थी काण्ड कति ठूलो काण्ड भएर गयो, कहाँसम्म पुग्यो भन्दा बीचमा गएर जरा काटिएको छ, पल्लै छेउसम्म पुगेन, त्यसको खोजतलास पुगेको छैन। यस्ता काण्डलाई बन्देज गरी भ्रष्टाचारको जरैसम्म पुग्न जरुरी छ।’