१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४९:oo

दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सल्यान बागचौर नगरपालिका– ४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका– ७ मामाघरमा आएका मनोज वलीको सर्पको टोकाइबाट मृत्यु भएको हो। 

सोमबार बिहान १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो।