१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पाकिस्तान च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:५३:oo

भारत ‘ए’लाई एक सय २८ रनको अन्तरले हराउँदै पाकिस्तान ‘ए’ले आइतबार एसिसी इमर्जिङ एसिया टिम्स कपको उपाधि जितेको छ । श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा मैदानमा भएको फाइनलमा भारतलाई स्तब्ध पार्दै पाकिस्तान दोस्रोपटक च्याम्पियन बनेको हो । भारत दुवैपटक उपाधिनजिक रहेर उपविजेतामै सीमित भयो । पाकिस्तानले प्रस्तुत गरेको तीन सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा दुई सय २४ रनमै समेटियो ।

भारतका लागि पहिलो विकेटका लागि अभिषेक शर्मा र साई सुदर्शनले ६४ रनको साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि अभिषेक र यश धुलले ५२ रन जोडे । अभिषेकले सर्वाधिक ६१ रन जोडेका थिए । ओपनर साई सुदर्शनले २९ र कप्तान यशले ३९ रन बटुले । पाकिस्तानका मोकिमले सर्वाधिक तीन विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानका मोहम्मद तायद ताहिरले शतकीय इनिङ्स खेलेका थिए । पाकिस्तानले ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५२ रनको विशाल योगफल बनायो । ताहिरले आक्रामक ब्याटिङ गर्दै ७१ बलमा एक सय ८ रन बनाएका थिए । उनले १२ चौका र ६ छक्काको वर्षा गरे । ओपनर साइम अयुदले ५९ र अर्का ओपनर साहिबजादा उल्लाहले ६५ रनको योगदान गरे । पहिलो विकेटका लागि उल्लाह र अयुबबीच एक सय २१ रनको बलियो साझेदारी भयो । ताहिर र मुबासिर खानले छैटौँ विकेटका लागि ९७ बलमा एक सय २६ रनको साझेदारी गरे ।

ad
ad