Skip This
‘दोहोरी आइडल’का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘दोहोरी आइडल’का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o६:oo

नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी)ले ‘दोहोरी आइडल’का उत्कृष्ट ४२ प्रतियोगीको नाम सार्वजनिक गरेको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आइडलका उत्कृष्ट ४२ लाई प्रमाणपत्र वितरण गरियो।

कार्यक्रममा डिएआर मुभिजका प्रबन्ध–निर्देशक श्याम धिताल, लोकगायकहरू प्रेमराजा महत, चन्द्र शर्मा,  लोकगायिका लक्ष्मी न्यौपाने, राधिका हमाललगायत थुप्रै व्यक्तित्वको उपस्थिति रहेको थियो। ‘दोहोरी आइडल’ नेपालको पहिलो बहुभाषिक रियालिटी साे हो जसमा सहभागीले नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ र नेवारी भाषामा प्रस्तुति दिनेछन्।

नेपालका प्रतिष्ठित ४२ कलाकारहरूबीच हुने प्रतिस्पर्धाको विजेताले नगद १० लाख र कार प्राप्त गर्ने  आयोजकले जनाएको छ। ‘दोहोरी आइडल’को उपविजेताले नगद तीन लाख र मोटरबाइक प्राप्त गर्नेछन्। डिएआर मुभिजको फर्म्याटमा बनेको ‘दोहोरी आइडल’का निर्देशक प्रभावन जे रहेका छन्।

आयोजकका अनुसार पहिलो राउन्ड सुटिङ सकिएको छ र यसको अफिसियल ट्रेलर छिट्टै सार्वजनिक गरिनेछ । ट्रेलर सार्वजनिक भएसँगै प्रतियोगिताका जजहरू रिभिल गरिनेछ ।

दोहोरी आइडलको उत्कृष्ट २० टिमका सहभागीहरूमा सविन आचार्य, रिता रावत, सपना रोका, विक्रमबालु विश्वकर्मा, तारा थापा,  टेकराज भण्डारी,  रवीन्द्र सुनार, निर्भता बस्नेत, सुस्मा ठकुरी, रत्न श्रेष्ठ, सरोज सिम्खडा, आशा केसी, संगीता थापा, सुरेन्द्र ज्याली मगर, वपु सविता परियार, अनिल सुनार, निशान्त विक र लक्ष्मी बस्नेत रहेका छन्।

त्यसैगरी, सिद्धार्थ आले, प्रिती गिरी, सुमन खड्‌का, शर्मिला विसी, सानु केसी,  सविता ढुंगाना, प्रकाश दुरा, खुस्बु सुनार, विजय बानियाँ, लक्ष्मी भण्डारी, विवेक धिताल, जमुना सुनार, दीपेन्द्र पौडेल, राममाया थापा,  मीना नेपाल, प्रसन्न पाठक–राजेन्द्र पाठक, अर्जुन खड्‌का, सचिन भट्टराई, तिर्सना बुढा क्षेत्री, जीवन सिग्देल, रेनुका भट्टराई, प्रितम पोखरेल, विना अनुरागी, राजेन्द्र पाठक र शान्ति भुसाल रहेका छन्।