१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल प्रहरीले अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी छ : महानिरीक्षक कुँवर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२९:oo

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी रहेको बताएका छन्। 

महानिरीक्षक कुँवरले सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरूलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउनुपर्ने आवश्यक्ता रहेको तर्क गरे। 

शुक्रबार काठमाडौंमा वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपालः अ ह्युमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एन्ड इम्पिलिकेसन’को विमोचन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले अबको जमानामा लठ्ठी, बन्दुक बोकेर गरिने  ड्युटीबाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पारे। 

उनले द्वन्द्वपछिको संक्रमणकालीन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि वरिष्ठ प्रहरी उपरीक्षक केसीद्वारा लिखित सो पुस्तक उपयोगी हुने विश्वाससमेत व्यक्त गरे। 

प्रहरी महानिरीक्षक कुँवरले सो पुस्तकको अनुकरण र अनुशरणबाट नेपाल प्रहरीको विकास र रूपान्तरणका लागि कोसेढुंगा साबित हुने बताए। 

कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ प्रहरी उपरीक्षक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने धारणा राखे।