१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

काठमाडौं उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२४:oo

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले बुधबारबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।

गाडी पूर्णरूपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभावी सवारी चढ्ने र ओर्लने, सवारीसाधनको झ्यालढोकाबाट हात तथा टाउको बाहिर निकाल्नेजस्ता कार्यले सवारी दुर्घटना हुँदै आएकाले सचेत गराउन उक्त कार्यक्रम सुरु गरिएको पोरखेलले बताए ।

मादक तथा र लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको शंका लागेमा, सवारीसाधनमा बढी भाडा लिएमा तथा दुव्र्यवहार गरेमा र सवारीसाधनमा आरक्षण सिटको पालना नगरेमा/नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न प्रहरीले यात्रुलाई अनुरोध गरेको छ । ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकमा ब्यानर प्रदर्शन गरिएको छ । 

ad
ad