१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भद्रकुमारी घलेकाे निवेदनमा अल्पकालीन अन्तरिम आदेशपछि रोकियो महानगरको डोजर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:४८:oo

उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशपछि काठमाडौं महानगरले भद्रकुमारी घले सेवा सदनका अवैध संरचना आधा मात्र भत्काएर छोडेको छ।

वडा नम्बर १० देवीनगरस्थित सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले बुधबार भद्रकुमारी घले सेवा सदनका संरचना भत्काउन सुरु गरेको थियो। महानगरलाई विपक्षी बनाई भद्रकुमारी घलेले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे हाे।

‘...छलफलबाट निर्णय नभएसम्म निवेदकका घरजग्गामा क्षति पुर्‍याउने वा अतिक्रमण गर्ने काम नगर्नू/नगराउनू,’ आदेशमा भनिएको छ। अदालतले साउन ८ गतेलाई मुद्दाकाे पेसी तोकेको छ।

अदालतले निवेदकको मागबमोजिमको आदेश दिनुनपर्ने कारणसहित लिखित जवाफ पेस गर्न पनि महानगरको नाममा आदेश जारी गरेको छ।

ad
ad