१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
 जगबुढा नदीको कञ्चनपुरको दोधाराचाँदनी नपा ३ बडुवाल टोलका पाँच बालबालिका 
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीद्वारा विपतमा  फसेका पाँच बालबालिकाको उद्धार

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:११:oo

सशस्त्र प्रहरीले विपत् जोखिममा परेका कञ्चनपुर दोधाराचाँदनी नगरका बालबालिकालाई उद्धार गरेको छ । सीमावर्ती जगबुढा नदीको विपत् जोखिममा परेका दोधाराचाँदनी नगरपालिकाका पाँच बालबालिकालाई उद्धार गरेको हो ।

बाख्रा चलाउन मायापुरी जंगल गएका बालबालिकालाई उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर हेक्वा शैलेश्वरी गणका सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले मंगलबार बाख्रा चराउन जंगल गएका घर फर्किने क्रममा नदीको बीचभागमा अड्किएका बालबालिकालाई उद्धार गरिएको बताए । उनीहरूलाई अढाई घन्टामै उद्धार गरिएको थियो । 

सीमा सुरक्षा बल देवीस्थान गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले बालबालिकालाई उद्धार गरेको बताए । 

सशस्त्र प्रहरीका एसपी रावलका अनुसार  दोधराचाँदनी नगरपालिका– ३ बडुवाल टोलका १२ वर्षीया खुसी राना, नौ वर्षीया भावना सुनार, सानु दमाईं, ११ वर्षीया रोसनी सुनार, १० वर्षीया मुस्कान दमाईंलाई उद्धार गरिएको छ । उनीहरू सीमावर्ती मायापुरी जंगलमा बाख्रा चलाउन गएका थिए । समयमै सशस्त्र प्रहरीले उनीहरूको उद्धार गरेपछि ज्यान जोगिएको बताएका छन् । सीमा क्षेत्रमा चोरी तस्करी नियन्त्रणदेखि विपत् जोखिममा परेका बालबालिकालाई उद्धार गरेपछि स्थानीय हर्षित भएका छन् । 

 


 

ad
ad