१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार १३:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोसीमा अब बैंकमार्फत ट्राफिक जरिवाना  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३८:oo

कोसी प्रदेश प्रहरीले ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना रकम बैंकमार्फत असुली गर्न थालेको छ। 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले कोसी  प्रदेशमा पहिलोपटक ट्राफिक जरिवानाबापतको रकम बैंकमार्फत भुक्तानी असुली गर्न थालेको हो। 

राजमार्गमा सवारीचालकले ट्राफिक नियम उल्लंघन गरेको अभिलेख राख्न कोसी प्रदेश प्रहरीले विशेष कम्युटर प्रणाली टिभिआरएस (ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम)’ विकास गरेको छ। यसबाट प्रदेशको कुनै एक ठाउँमा ट्राफिक नियम उल्लंघन गरेर फारार भए पनि अर्को ठाउँमा पनि जरिवाना तिर्न बाध्य हुनुपर्नेछ।  

पहिलो चरणमा  यो प्रणाली यही साउन १ गतेबाट मोरङको विराटनगर महानगरपालिका, सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, झापाको बिर्तामोड र दमक नगरपालिकाभित्रका क्षेत्रहरूमा लागू गरिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी गराएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ बमोजिम ट्राफिक प्रहरीलाई प्रत्यायोजित अधिकारबमोजिम नियमअनुसार नगदी रसिदमार्फत गरिँदै आएको जरिवानालाई प्रविधिमैत्री एवं पारदर्शी बनाउन सोझै बैंकमार्फत जरिवाना भुक्तानी गर्ने व्यवस्था सुरु गरिएको कोसी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले बताए। 

यो व्यवस्थाअनुसार ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूलाई ट्राफिक प्रहरीले २४ घन्टे पुर्जी दिनेछ। र सो अवधिमा बैंकमार्फत जरिवाना भुक्तानी नभएमा प्रदेशको कुनै पनि स्थानमा सवारी नियन्त्रणमा लिएर जरिवाना भुक्तानी भएपछि मात्र कागजपत्र फिर्ता दिएर आवागमनको अनुमति दिनेछ।    

यो व्यवस्थाअन्तर्गत सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेको अभिलेख व्यवस्थित गरिने भएकोले पाँचपटकभन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकहरूको अनुमतिपत्र निलम्बन हुनेछ। यो व्यवस्थालाई कोसी प्रदेशका अन्य स्थानमा समेत क्रमशः लागू गर्दै लैजाने योजना रहेको कोसी प्रदेश प्रहरीले जनाएको छ।    

ad
ad