मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २ मंगलबार १३:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बन्चरेडाँडा र सिसडोलमा आज पनि अवरोध, बुधबारदेखि उपत्यकाको फोहोर नउठ्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २ मंगलबार १३:२५:oo

आज पनि बन्चरेडाँडाका स्थानीयले ल्यान्डफिल्ड साइटमा  फोहोर फाल्न अवरोध गरेका छन्।

बन्चरेडाँडा र सिसडोलका स्थानीयले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्षको पहिलो दिन नै (सोमबार)देखि फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन्। उनीहरूले फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीलाई बाटोमै रोकेका छन्।

यता फोहोर विसर्जन गर्न अवरोध भएपछि फोहोर मैला व्यवस्थापन संघले सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो।

सर्वोच्च अदालतले बन्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने गाडीसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न साेमबार अन्तरिम आदेश दिएको थियाे। 

तर, उक्त आदेशको अवज्ञा गर्दै त्यहाँका स्थानीयले आज पनि अवरोध जारी राखेका छन्। संघका अनुसार सोमबार ३० वटा फोहोर बोकेका गाडी ल्यान्डफिल साइट जाँदा बाटोबाटै फर्केको थियो। 

मंगलबार उपत्यकाको फोहोर बोकेको कुनै पनि गाडी बन्चरेडाँडा र सिसडोल गएका छैनन्। बन्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोध कारण बुधबारदेखि काठमाडौंको फोहोर नउठ्ने फोहोरमैला व्यवस्थापन संघले जनाएको छ।

काठमाडौं उपत्यकाबाट दैनिक फोहोर बोकेको करिब तीन सय ८० वटा ट्रक बन्चरेडाँडा जाने महानगरले जनाएको छ।