१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
रासस रुकुम पश्चिम
२o८१ बैशाख १७ सोमबार १३:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुकुम पश्चिममा पहिलो ब्लड बैंक सञ्चालनमा

Read Time : < 1 मिनेट
रासस, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:o३:oo

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलोपटक ब्लड बैंक सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नम्बर १ मा ब्लड बैंक सञ्चालनमा आएको हो।

दुई वर्षअघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो। अलपत्र परेको ब्लड बैंक निर्माण हाल पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ।

ब्लड बैंक निर्माणका लागि हालसम्म रु. ४० लाख खर्च भइसकेको छ। जसमध्ये भवन निर्माणमा रु. २८ लाख र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उनले जानकारी दिए। भवन निर्माणसहित शय्या, फर्निचर, कार्यालय व्यवस्थापन, सोलार, तारबारलगायतका काम  सोही बजेटबाट भएको उनको भनाइ छ।

ब्लड बैंक स्थापना भएपछि अब चौरजहारी अस्पताल र जिल्ला अस्पताल सल्लेमा रगत अभाव नहुने विश्वास लिइएको छ। हाल सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक पर्दा विभिन्न व्यक्तिलाई गुहार्नुपर्ने बाध्यता छ।

ad
ad