१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५६:oo

आशा लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाबीच एकीकृत कारोबार सुरु भएको छ । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न ‘घ’ वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा इजाजत पाएको आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गरी आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको हो । 

आशा लघवित्त नुवाकोटमा र राष्ट्र उत्थान लघुवित्त काभ्रेपलाञ्चोकमा दर्ता भएका वित्तीय संस्था हुन् । प्राप्तिपछि बनेको संस्थाको नाम आशा लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको जनाइएको छ । एकीकृत कारोबार सुरु गर्न आयोजित कार्यक्रममा आशा लघुवित्तका संस्थापक अध्यक्ष रामबहादुर पाण्डेले रिबन काट्नुका साथै पानसमा बत्ती बालेर उद्घाटन गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रमा दुवै संस्थातर्फका पूर्वअध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई प्रमुख अतिथि रामबहादुर पाण्डे तथा कार्यक्रमका सभापति निर्गुणप्रसाद भट्टचनले प्रशंसापत्र प्रदान गरी सम्मान गरेको जनाइएको छ । एकीकृत कारेबारपश्चात् आशा लघुवित्तको चैत मसान्तको वित्तीय प्रतिवेदनका आधारमा संस्थाको कुल चक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ, जगेडा कोष २५ करोड रुपैयाँ, बचत संकलन दुई अर्ब ७५ करोड ३६ लाख रुपैयाँ, कुल लगानीमा रहिरहेको कर्जा आठ अर्ब ७३ करोड १७ लाख रुपैयाँ रहेको जनाइएको छ । त्यस्तै, कुल शाखा संस्था एक सय ५६ र कुल कर्मचारी संख्या ६ सय १२ जना रहेको संस्थाले जनाएको छ ।

ad
ad