Skip This
एभरेष्ट बैंकद्वारा सरस्वती माविलाई आर्थिक सहयोग 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार o७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकद्वारा सरस्वती माविलाई आर्थिक सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o७:१o:oo

एभरेष्ट दुधौली नपा सिन्धुलीमा रहेको सरस्वती माध्यमिक विद्यालय डकाहालाई  खानेपानीका लागि एक लाख ५० हजार सहयोग गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालाई सो रकमबराबरको चेक हस्तान्तरण गरेका छन् ।

यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादीक्षामा थप सहज हुने विश्वास बैंकले लिएको छ । साथै, विद्यालयका सहायक प्रधानाध्यापक सापकोटाले बैंकको सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनीय भूमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोगको अपेक्षा रहेको बताए ।
 

ad
ad