१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख २० बिहीबार १७:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुर्खेतमा बढ्दो सहरीकरणले खानेपानीको अभाव

Read Time : > 2 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१७:oo

सुर्खेतको वीरेन्द्रनगरमा बढ्दो सहरीकरणका कारणले खानेपानीको अभाव भएको छ। स्रोत सीमित हुँदा र बढ्दो सहरीकरण भएका कारणले खानेपानीको अभाव भएको हो।

सुर्खेतको वीरेन्द्रनगरमा दैनिक २ करोड ३९ लाख ५२ हजार लिटर पानीको आवश्यकता भए पनि अहिले अपुग छ।

सुर्खेतको वीरेन्द्रनगरमा मुहान रहेका झुप्राखोला, खरीखोला बोरीखोला, इत्राम खोला, खोर्के खोलाको मुहानबाट ६८ लिटर प्रतिसेकेन्ड ५८ लाख ७५ हजार दुई सय लिटर प्रतिसेकेन्ड उत्पादन हुने गरेको भए पनि त्यो मात्रामा अहिले सुर्खेत उपत्यकामा पानी नआउँदा खानेपानीको अभाव भएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए। 

भुप्राखोलाबाट प्रतिसेकेन्ड ४० लिटर पानी आउँथ्यो। अहिले त्यो आयोजना पहिरोले पाइप बगाउँदा बन्द रहेकोछ,’ उनले भने,‘अन्य स्रोतबाट आउने पानीले माग धान्न समस्या छ।’

खरीबोरीखोला, इत्रामखोला, खोर्केखोला र बुलबुलेको पानी प्रयोग भइरहेको संस्थाका अध्यक्ष गौतमले जानकारी दिए। ‘यी खोलाबाट प्रतिसेकेन्ड १ सय ३६ लिटर मात्र पानी उत्पान भइरहेको छ। माग भने प्रतिसेकेन्ड २ सय ७५ लिटर रहेको छ।’ उनले भने, ‘२० हजार धारा वितरण गरेको छ।’

विगतमा ५२ हजार घरधुरी लक्षित गरेर खानेपानीको योजना बनेको अहिले वीरेन्द्रनगर बजार क्षेत्रमा झन्डै ३७ हजार घरधुरी रहेको रहेका कारणले खानेपानीको समस्या रहेको संस्थाका अध्यक्ष देवकोटाले बताए। 

भुप्राखोलामा पहिरोले पाइप बगाउँदा समस्या

सुर्खेतको वीरेन्द्रनगर खानेपानीको मुख्य स्रोतका रूपमा रहेको झुप्राखोलाको पानी पाइपले बगाउँदा समस्या थपिएको छ। गत असार १२ गते भुप्राखोलाको आउने पानीको मुख्य स्रोत पानीले बगाएका कारणले अहिले खानेपानीको समस्या थपिएको हो। 

गत असार १२ गते पानीको मुख्य स्रोत झुप्राखोलामा पहिरोका कारणले खानेपानीले पाइप बगाउँदा समस्या आएको पुनः सञ्चालन गरेर गत असार २७ गते पुन बगाएका कारणले अहिले समस्या झन् थपिएको संस्थाका अध्यक्ष देवकोटाले बताए।

‘सुर्खेतको वीरेन्द्रनगरमा अहिले २० हजार घरधुरीमा खानेपानीको धारा जडान भएको छ,’ उनले भने, ‘यहाँ अहिले ३६ हजार घरधुरी रहेका छन्। आवश्यकताअनुसार खानेपानीको माग धान्न सकिरहेका छैनौँ।’

वैकल्पिक उपाय खोज्न जरुरी

सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको माग पूरा गर्नका लागि वैकल्पिक खानेपानीको उपाय खोज्न जरुरी रहेको संस्थाका अध्यक्ष देवकोटाले जानकारी दिए। 

‘अहिले हामीले सामान्य पहिलाको स्रोतबाट खानेपानीको आपूर्ति गर्दै आएका छौँ,’ उनले भने, ‘एउटा स्रोतमा मात्र समस्या आउँदा यहाँ खानेपानीको मागअनुसारको पूर्ति गर्न सक्दैनौँ।’

वैकल्पिक उपाय खोजिँदै

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको समस्या भएपछि भेरी नदीको पानी पम्पिङ ल्याउने तयारी छ। खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने भएको हो। 

डेढ लाख जनसंंख्या रहेको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो सहरीकरण तथा जनसंख्या कारणले नयाँ भेरी नदीको पानी पम्पिङ गरेर सुर्खेत ल्याउन लागिएको संस्थाका अध्यक्ष देवकोटाले जानकारी दिए।

‘२०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था)ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ। आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन,’ उनले भने, ‘तीन तहको सरकारको स्रोत जुटाएर आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको अहिले यो आयोजना ठेक्का प्रक्रियामा गएको छ।’

वीरेन्द्रनगरमा हाल १० वटा स्किम रहेकामा यो योजना निर्माण भए २४ वटा स्किम रहने अध्यक्ष देवकोटाले बताए। ‘अहिले तयार पारेको रिर्पोटअनुसार करिब रु छ अर्ब रकम लाग्ने अनुमान गरिएको छ,’ उनले भने, ‘भेरी नदीमा निर्माण हुने ट्यांकीका लागि रु ५० करोड, मुहानबाट अमृतडाँडासम्मका लागि रु‍ एक अर्ब ५० करोड तथा वीरेन्द्रनगर उपत्यकाभित्र विस्तारका लागि रु चार अर्ब ६७ करोड लाग्ने अनुमान गरिएको छ।’

उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने योजना बनाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष देवकोटाले बताए।
 

ad
ad