१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार ११:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:४१:oo

नर्सिङ पेसा सुन्दा जति सजिलो लाग्छ, त्यति नै उत्तरदायीपूर्ण पनि हुन्छ । सिद्धान्त मात्रै पढेर हुँदैन, प्राविधिक सीप र कम्युनिकेसन स्किल पनि उत्तिकै  हुन जरुरी छ । समय धेरै दिनुपर्छ  ।

नर्सिङ पढ्न चाहने विद्यार्थी र सन्तानलाई यस पेसामा लगाउन चाहने अभिभावक दुवैको संख्या बढ्दो छ । गाउँदेखि सहरसम्म यो पेसाप्रति आकर्षण छ । नर्सिङ पढ्नका लागि विद्यार्थीलाई दुईवटा बाटो छ । एउटा एसइई उत्तीर्ण गरेपछि र अर्काे  प्लस टु साइन्समा उत्तीर्ण भएपछि नर्सिङ पढ्न पाइन्छ । धेरै विद्यार्थीले एसइईपछि नै नर्सिङ पढ्नका लागि तयारी गर्छन् । सिटिइभिटीबाट सम्बन्धन लिएका कलेजमा पिसिएल तहदेखि नै नर्सिङ पढाइ हुन्छ । 

सेवाभाव महत्वपूर्ण 
वीर हस्पिटल नर्सिङ क्याम्पस (नेम्स)की एसिस्टेन प्रोफ्रेसर दुर्गेश्वरी किसी पछिल्लो समय नर्सिङ पेसामा अवसर बढेसँगै विद्यार्थीको संख्या पनि बढ्दै गएको बताउँछिन् । ‘विद्यार्थीले यसलाई आफ्नो करिअर बनाउने र राम्रो आर्थिक आय आर्जन गर्ने विषयको रूपमा लिन थालेका छन् । त्यसैले नर्सिङमा करिअर बनाउन चाहनेहरूको रुचि अहिले पनि बढ्दो छ,’ उनले भनिन् । अस्पतालबाहेक स्कुल, एनजिओ, आइएनजिओलगायतमा पनि नर्सले रोजगारी पाउने गरेका छन् । नर्सिङलाई नेपालमा सम्मानित पेसाका रूपमा हेरिने भएकाले पनि यसप्रति आकर्षण बढेको एभरेस्ट अस्पतालकी नर्सिङ विभाग प्रमुख मीरा पोखरेलले बताइन् । ‘नेपालमा नर्सिङलाई सम्मानित पेसाको रूपमा हेर्न थालिएको छ । यसको स्कोप राम्रो छ ।

नेपालमा कामविहीन भएर बस्नुपर्दैन, तनाव भएर बस्नुपर्दैन । बिरामीको हेरचाह गरेर उनीहरूलाई निको पार्दा आत्मसन्तुष्टि मिल्छ,’ उनले भनिन्, ‘तर, लहडका भरमा नभएर हृदयदेखि नै सेवाभाव बोकेर आउन जरुरी छ । कतिपयले अभिभावकको दबाबमा पनि नर्सिङ पढेका हुन्छन् । तर अन्य पेसाजस्तै यसमा पनि चुनौतीहरू छन्, मानवीय भावनाको काम भएकाले नर्सको कुनै निश्चित समय हुँदैन । यस पेसाबारे सबै बुझेर आउनु राम्रो हुन्छ ।’ 

किसी भन्छिन्, ‘नर्सिङ पेसा सुन्दा जति सजिलो लाग्छ, त्यति नै उत्तरदायीपूर्ण पनि हुन्छ । सिद्धान्त मात्रै पढेर हुँदैन’, उनी थप्छिन्, ‘प्राविधिक सीप र कम्युनिकेसन स्किल पनि उत्तिकै हुन जरुरी छ । समय धेरै दिनुपर्छ । भनेका वेलामा बिदा पाइँदैन । अनुशासित हुनुपर्‍यो । मुख्य कुरा मानवीय भावना हुनुपर्‍यो ।’

अधिकांशको रोजाइ विदेश
अहिले बेलायत, अमेरिका, अस्ट्रेलिया, दुबई, क्यानडालगायतका देशमा पनि नर्सको डिमान्ड बढ्दो छ । त्यसैले नेपालमा नर्सिङ पढेर विदेश जाने सोच राख्नेहरूको संख्या ठूलो छ ।  नेपालमा सोचेजस्तो तलब नपाइने भएकाले विदेश जानेको संख्या बढेको किस्ट अस्पतालका उपप्राध्यापक डा. सुशील ढुंगेलले बताए । ‘नेपालमा दक्ष नर्सहरू उत्पादन भइरहेका छन् । तर, नर्सिङलाई सेवाभावका रूपमा हेरिए पनि यहाँ सोचेजस्तो सेवा–सुविधा र आम्दानी छैन,’ उनले भने, ‘नर्स उत्पादन भइरहने, तर बिदेसिने अवस्था राम्रो होइन । दक्ष जनशक्तिलाई नेपालमै राख्ने वातावरण बनाउन सरकार तथा निजी क्षेत्रले पहल थाल्नुपर्छ ।’

ad
ad