१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

रेडक्रस सोसाइटीमा नयाँ कार्यसमिति चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४९:oo

नेपाल रेडक्रस सोसाइटीमा डा. नेत्र तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार मुलुकभरका प्रतिनिधिले डा. तिमल्सिनाको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका हुन् । सोसाइटीकाे उपाध्यक्षमा डा. विशाल भण्डारी चयन भएका छन् ।

त्यस्तै, महिला उपाध्यक्षमा चन्द्रकला कार्की, महामन्त्रीमा दीपेन्द्रराज ढकाल, कोषाध्यक्षमा सीताराम कोइराला, उपमहामन्त्रीमा जगदीश भट्टराई, उपकोषाध्यक्षमा होम पाठक चयन भएका छन् ।

मुलुकभरबाट आएका प्रतिनिधिले नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको नयाँ कार्यसमितिका उपाध्यक्ष डा. भण्डारीले बताए । पटक–पटकको प्रयासपछि पनि निर्वाचन हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले महाधिवेशन गर्न पुनः निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार सोसाइटीले २७ र २८ असारमा अधिवेशनको मिति तय गरेको थियो । तर, उक्त अधिवेशन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । उक्त निवेदन अदालतमा विचाराधीन छ । 

ad
ad