Skip This
सुर्खेतमा राष्ट्रिय खेलकुदको तयारी तीव्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Saturday, 27 July, 2024
कर्णालीकै गौरव आयोजनाका रूपमा रहेको रंगशालाको निर्माण कार्य ६० प्रतिशत सकिएको छ । यसै रंगशालामा दशौँ खेलकुद प्रतियोगिता हुनेछ ।
रमेश रावल सुर्खेत
२o८o असार २५ सोमबार o६:४९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुर्खेतमा राष्ट्रिय खेलकुदको तयारी तीव्र

०८१ को मंसिरमा आयोजना गर्ने लक्ष्यका साथ दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेशले पूर्वाधार निर्माणको काम तीव्र रूपमा अघि बढाएको छ

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८o असार २५ सोमबार o६:४९:oo

कर्णाली प्रदेशले दशौँ खेलकुद प्रतियोगिताको तयारी तीव्र पारेको छ । गत वर्ष कर्णालीले पोखरामा दशौँ राष्ट्रिय खेलकुदको आयोजना प्राप्त गरेको थियो । निर्धारित समयअनुसार प्रतियोगिता ०८१ को मंसिरमा हुनुपर्छ । कर्णाली प्रदेश खेलकुद परिषद्ले आफ्नै प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य बनाउन तयारी तीव्र बनाएको हो । परिषद्ले विशेष गरी भौतिक संरचनामा जोड दिएको छ । साथसाथै, व्यवस्थापकीय पक्षमा समेत ध्यान दिइएको छ । रंगशालादेखि अन्य अत्यावश्यक काम तीव्र गतिमा अगाडि बढाइएको परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । 

कर्णालीकै गौरव आयोजनाका रूपमा रहेको रंगशालाको निर्माणकार्य ६० प्रतिशत सकिएको छ । ‘प्रदेश गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन रंगशालाको काम ४० प्रतिशत मात्र बाँकी छ,’ सञ्ज्यालले भने, ‘थ्रिडी एनिमेसन आधारमा बन्ने रंगशालामा अहिले चार हजार कुर्सी जडानको काम सकिएको छ ।’ रंगशालाको आकर्षणको रूपमा रहेको भिआइपी प्यारापिट निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । ‘पौडीपोखरी, व्यावसायिक सटर र गेट निर्माणका काम अन्तिम चरणमा रहेका छन्,’ उनले भने ।

मुख्य रंगशालाको मैदान आकर्षक बनाउन दुबो लगाइएको छ । ‘फुटबल मैदानमा दुबो लगाइएको छ, रंगशालामै रहेका एथलेटिक्स ट्र्याकसँगै नाली निर्माण अन्तिम चरणमा रहेको छ,’ उनले भने । जुम्लाको राजा सिम खेलमैदान र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको पातिहाल्नामा क्रिकेट मैदान निर्माण भएको सदस्यसचिव सञ्ज्यालले जानकारी दिए । 

अहिलेसम्म कति खर्च ?
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान प्रयोग हुने विभिन्न खेलमैदानको नयाँ र पुनर्निर्माण कार्यमा परिषद्ले ८५ लाख ८५ हजार रुपैयाँ खर्च गरिसकेको छ । जुम्लाको राजा सिम खेलमैदान निर्माणमा ५० लाख खर्चेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको पातिहाल्नामा क्रिकेट मैदान निर्माणका लागि ९४ लाख १७ हजार खर्च भएको सञ्ज्यालले बताए । 

गत वर्षको कात्तिकमा गण्डकी प्रदेशमा भएको नवौँ खेलकुद प्रतियोगितामा सहभागी र छनोटका लागि दुई करोड ५० लाख लागेको उनले बताए । राष्ट्रपति रनिङ सिल्डमा प्रतियोगिता सञ्चालन, छनोट, प्रशिक्षण र सहभागिताअन्तर्गत ७० लाख लागेको उनको भनाइ छ । यसैगरी, पछिल्लो समयमा खेलाडी पुरस्कार र प्रोत्साहनमा २७ लाख ५५ हजार खर्च भएको उनले जनाए । 

आर्थिक वर्षको योजना 
आगामी आर्थिक वर्षको खेलकुदअन्तर्गत चालूतर्फ आठ करोड ३२ लाख ७६ हजार र पुँजीगतमा ९१ करोड ८७ लाख बजेट विनियोजन भएको सञ्ज्यालले बताए । ‘समग्रमा हामीलाई एक अर्ब १९ लाख ७६ हजार बजेट विनियोजन भएको छ,’ उनले भने, ‘रंगशाला निर्माणका लागि ७५ करोड र हुम्ला हक्की खेलमैदान निर्माणका लागि ५० लाख बजेट निकासा हुने भएको छ ।’ कर्णाली प्रदेशको कालीकोट कभर्डहल निर्माणका लागि ६० लाख र दशौँ राष्ट्रिय खेलकुदलक्षित विभिन्न खेलमैदान मर्मतसुधारका लागि दुई करोड बजेट विनियोजन भएको उनले बताए । 

‘सुर्खेतको चिसापानी खेलमैदान निर्माणका लागि २४ लाख, सुर्खेतकै मैनतडा खेलकुद पूर्वाधार निर्माणका लागि १८ लाख र रुकुम पश्चिमको चौरजहारी क्रिकेट मैदान निर्माणका लागि ६० लाख बजेट आएको छ ।’ सुर्खेतको कालिञ्चोक खेलमैदान शीर्षकमा २५ लाख, जिल्लास्तरीय खेलकुद मैदान निर्माण गर्न दुई करोड, जाजरकोटको कुदुमा रंगशाला निर्माणका लागि १५ लाख र दशौँ खेलकुद प्रतियोगिता तयारीका लागि ७० लाख विनियोजन भएको उनले बताए । उनका अनुसार प्रदेशस्तरीय टिम तयारी तथा प्रशिक्षणका लागि ४ करोड ७० लाख र मुख्यमन्त्री कप जिल्लासँगै प्रदेशस्तरको प्रतियोगिताका लागि १ करोड १० लाख रकम विनियोजन भएको छ ।