१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २२ शुक्रबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २२ शुक्रबार १o:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २२ शुक्रबार १o:२२:oo

ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ५० हजारदेखि एक लाख ५० हजारसम्मको कर्जा विनाधितो प्र्रदान गर्नेछ । यो कर्जा १२.८० प्रतिशतको स्थिर ब्याजदरमा पाइनेछ । 

२१ वर्ष वा सोभन्दा बढी उमेरका सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आइएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकले यस योजनाअन्तर्गत आइएमई पे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन् । 

बैंकले नेपाल, भारत र भुटानबाहेक मलेसिया, साउदी अरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यहरूमा वैदेशिक रोजगारीका लागि जानेहरूलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउनेछ । उक्त कर्जाको अवधि १८ महिनाको रहेको छ । बैंकले युके एड, सीप दक्षता कार्यक्रम, आइएमई पे र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडसँगको सहकार्यमा उक्त कर्जा कार्यक्रम ल्याएको हो । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।