१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपसभामुख राना चीन भ्रमणमा जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o८:oo

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना चीन भ्रमणमा जाने भएकी छिन्।

संसद् सचिवालयका अनुसार २३–२४ असारसम्म चीनको गुइयाङ प्रान्तमा हुने ’इको फोरम ग्लोबल गुइयाङ २०२३’ कार्यक्रममा सहभागी हुन पाँचसदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार राति चीन प्रस्थान गर्न लागेकी छिन्। 

उपसभामुख रानाको प्रतिनिधिमण्डलमा सांसदहरू मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की (भण्डारी) र संसद् सचिवालयका उपसचिव बिमलराज जोशी छन्। 

नेपाली प्रतिनिधिमण्डल राति १२ः०५ बजेको चाइना साउथ एयरलाइन्सको सिजेड ३०६८ को उडानबाट ग्वान्जाओ हुँदै गुइयाङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उपसभामुख रानाले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यतालिका छ। 

औपचारिक भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल २५ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।