१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २१ बिहीबार
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असार २१ बिहीबार १o:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एसइईको नतिजा सार्वजनिक गर्नेबारे बोर्ड बैठक बस्दै, आजै नतिजा सार्वजनिक गर्ने तयारी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २१ बिहीबार १o:३१:oo

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनका लागि बोर्ड बैठक बोलाइएको छ । आज दिउँसो १ बजे शिक्षासचिवसहितको बैठक बोलाइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

उनका अनुसार यसअघि नै बोर्डले प्रविष्ट र रुजु गरेर तयारी अवस्थामा राखेको एसइईको रिजल्टको टेक्निकल्ली अवस्थाबारे चेकजाँच गरिनेछ । ‘टेक्निकल इरर देखिएन भए आजै नतिजा सार्वजनिक हुन्छ,’ शर्माले भने, ‘समस्या आयो भने त्यसलाई सच्याएर नतिजा प्रकाशन हुन्छ ।’

टेक्निकल समस्या नदेखिए बेलुकीसम्म रिजल्ट सार्वजनिक भइसक्नेछ। एसइई परीक्षा गत चैत १७ गतेदेखि २९ सम्म भएको थियो। परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए ।

जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार ६ सय ७४ जना थिए । कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए ।