१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:३४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मापदण्डविपरीत घर बनाउँदा नेमारलाई जरिवाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:३४:oo

ब्राजिलियन खेलाडी नेमार जुनियरले मापदण्डविपरीत घर बनाउँदा ३.३ मिलियन अमेरिकन डलर क्षतिपूर्ति तिरेका छन् । ब्राजिलको राजधानी रियो दी जेनेरियोको समुद्री किनारमा रहेको मांगारातिबा सहरमा नेमारले नयाँ घर बनाइरहेका छन् । नेमारको नवनिर्मित घर वातावरणमैत्री नभएको भनी स्थानीयले रिपोर्ट गरेका छन् । स्थानीय सरकारले नियमविपरीत र वावावरण बिगार्ने गरी घर बनाएको ठहर गरी लाखौँ डलर क्षतिपूर्ति तिराएको ब्राजिलियन समाचार संस्थाले जनाएको छ । 

यसैगरी, जर्मनीको विश्व च्यानलका अनुसार नेमारले बनाइरहेको भवन क्षेत्रमा कृत्रिम ताल र बिच समावेश गरेका छन् । स्थानीय सरकारले घरको कम्पाउन्डभित्र कृत्रिम ताल वा बिच बनाउन निषेध गरेको छ । तर, नेमारले नियमविपरीत आफ्नो भवन निर्माणकार्यलाई तिव्रता दिए । स्थानीय अधिकारीहरूले उनलाई बारम्बार वातावरण कानुन पालना गर्न आग्रह गरेका थिए । नेमारले सरकारी अधिकारीहरूको आग्रहलाई पूरै बेवास्ता गर्दै घर बनाएको दाबी छ । 

रियो दी जेनेरियोको तटीय क्षेत्रमा नेमारको निर्माणाधीन लक्जरी घर वातावरणमैत्री नभएका कारण ३.३ मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ

लक्जरी प्रोजेक्ट
जर्मनी च्यानलले कृत्रिम ताल र बिचसँगै नेमारको घरमा हेलिकोप्टर बिसाउन मिल्ने गरी निर्माणकार्य भइरहेको छ । तटीय क्षेत्रमा हेलिकोप्टर बिसाउने गरी घर निर्माण गर्न पाइँदैन । यस भवन निर्माणकार्यलाई ‘लक्जरी प्रोजेक्ट’ भनिएको छ । ‘हामीले निर्माण भइरहेको निरीक्षण गर्‍यौँ, जहाँ नेमारले वावरणमैत्री बनाएको देखिँदैन,’ सरकारी अधिकारीले भनेका छन्, ‘त्यहाँ कृत्रिम सानो तालमा कृत्रिम पानी बगाइरहेको पायौँ, साथै बिच र हेलिकोप्टर ल्यान्ड गर्नसमेत स्थान छुट्याइरहेको छ ।’ 

नेमारले सुरुमा सामान्य घर बनाउने भनेका रहेछन् । तर, उनले पछि लक्जरी घरका रूपमा परिणत गरेको सरकारी अधिकारीले दाबी गरेका छन् । ‘सुरुको अनुमतिमा सामान्य घर बन्ने भनिएको थियो, बिस्तारै नेमारले एक लक्जरीका रूपमा परिणत गरे, थप भएका संरचना बनाउन अनुमति नै लिएको पाइँदैन,’ सरकारी अधिकारीले भने, ‘जुन स्थानीय सरकारको नियमविपरीत देखिन्छ ।’ यसैगरी, ब्राजिलियन मिडियाले नेमारबाट सबै नियम तोडिएको जनाएका छन् । नेमारले पछिल्लो कारबाहीसम्बन्धी कुनै प्रतिक्रिया दिएका छैनन् ।