१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:५७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तनहुँमा अंगुरको व्यावसायिक खेती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५७:oo

तनहुँको घिरिङ गाउँपालिका– ४ बाह्रबिसेमा अंगुरको व्यावसायिक खेती सुरु गरिएको छ । करिब सत्तरी रोपनी क्षेत्रफलमा विभिन्न जातका अंगुरका बिरुवा ल्याएर खेती गरिएको हो । ०७८ मा घिरिङ भाइन यार्ड एन्ड एग्रो रिसर्च सेन्टर नामको फार्म दर्ता गरी व्यावसायिक रूपमा अंगुरको खेती सुरु गरिएको सञ्चालक कुमार कार्कीले बताए ।

‘पहिलो वर्ष परीक्षणका लागि नौ हजार पाँच सय बिरुवा ल्याएर लगाइएको कार्कीको भनाइ छ । जर्मनीबाट ल्याएको बिरुवा एउटाकै पाँच सय रुपैयाँभन्दा बढी परेको उनले बताए । सुरुको वर्षमै २६ प्रकारका अंगुरका बिरुवा लगाइएकोमा ठीकठीकै फलेकोमा अहिले उत्पादन राम्रै भएको उनको भनाइ छ । उनले भने, ‘धेरै जातका अंगुरका बिरुवा भएकाले नौ–दश जातका चाहिँ राम्रोसँग फलेकाले अब अर्को वर्षबाट फल दिने खालको अंगुर लगाउँछौँ ।’ 

सात वर्ष जापान बसेर आएका कार्कीले स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले कृषि व्यवसाय सुरु गरेका हुन् । मासिक तीन लाख रुपैयाँको जागिर छाडेर आएको उनको भनाइ छ । उनले भने, ‘मैले मासिक तीन लाख कमाउँथेँ । तर, अर्काको देशमा जति कमाए पनि सन्तुष्ट मिल्दो रहेनछ । त्यसैले स्वदेशमै आएर कृषि गर्न थालेको हुँ ।’

सुरुमा परीक्षणका लागि अंगुर लगाइएकोमा अहिलेसम्म एक करोडभन्दा बढी लगानी भइसकेको उनले बताए । हरियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खाने अंगुरमा फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायत जातका अंगुर रोपिएको छ । वाइन उत्पादन तथा फलफूलका रूपमा बिक्रीका लागि अंगुर खेती गरिएको हो । 

रोपेको एक वर्षमै फल दिन सुरु गर्ने र पहिलो वर्ष प्रतिबोट करिब तीन केजीसम्म उत्पादन भएको उनको भनाइ छ । चैत–वैशाखमा फूल फुलेसँगै तीन महिनामा फल टिप्न तयार हुने फार्मका प्राविधिक सान्नानी तामाङले जानकारी दिइन् । फागुनदेखि फूल फुल्ने र असारमा फल टिपिने उनले बताइन् । फार्म सुरु गरेपछि स्थानीयले पनि रोजगारी पाएका छन् । करिब १५ जनाले त्यस फार्ममा दैनिक ज्यालादारीमा काम गर्दै आएको उनले बताइन् ।