१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अल्झिएर बसेका विधेयकका बारेमा पत्रकारको कलम कम चल्यो : अध्यक्ष तिमिल्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o७:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरूले विधेयकहरूको बारेमा कलम चलाउनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

संसदीय मामिला हेर्ने पत्रकारहरूले एउटै विधेयकहरू संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षौंवर्षसम्म नआउनेलगायतका विषयहरूमा कलम चलाउन नसकेको उनको गुनासो थियो। तिमिल्सिनाले विधेयकहरू बारम्बार शून्यमा झर्दा आमनागरिकलाई त्यसबाट परेको असरका बारेमा कलम चलाउन आग्रह गरे।

‘विधेयक कहाँ कसरी अड्कियो, त्यसको असर के? त्यसमा नआउने कसरी संसदीय मामिला कस्तो हुन्छ? यस्ता कुरामा हामीले ध्यान दिनुपर्छ। तपाईंहरूले यसमा लेख्दा विधेयक छिटो आउँछ। दबाब बढ्छ,’ उनले भने।

अध्यक्ष तिमिल्सिनाले पत्रकारहरूले विधेयक ल्याउन भइरहको ढिलासुस्तीमा दबाब दिन सके विधेयकहरू समयमा नै आउने उल्लेख गरे।