१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार o७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आयोजक मोक्षदालाई टी—१० कप उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o७:५६:oo

आयोजक मोक्षदा स्कुलले मोक्षदा टी—१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार ललितपुरको हात्तीवनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा भएको फाइनलमा एलआरआई स्कुललाई ६ विकेटले हराउँदै मोक्षदाले उपाधि हात पारेको हो । ५५ रनको सहज लक्ष्य पछ्याएको मोक्षदाले ६.४ ओभरमा दुई विकेट गुमाउँदै जित निकाल्यो । मोक्षदाको जितमा संयम नेपालले सर्वाधिक २४ रन जोडे । उनले नौ बलमा तीन छक्का र एक चौका प्रहार गरे । 

यसअघि ब्याटिङ गरेको एलआरआईले सबै विकेट गुमाउँदै ५४ रन बनायो । एलआरआईका ओपनर अनुप सिंहले सर्वाधिक ३२ रनको योगदान दिए । बलिङतर्फ मोक्षदाका नितेश बुढाथोकीले तीन तथा शार्दूल पोखरेलले दुई विकेट लिए । ११ टोली सहभागी प्रतियोगिताको विजेता मोक्षदाले १० हजार तथा उपविजेता एलआरआईले पाँच हजार प्राप्त गरेका छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी एलआरआईका अनुप सिंह घोषित भए । उत्कृष्ट विकेटकिपर मोक्षदाका संयम नेपाल, उत्कृष्ट बलर मोक्षदाकै नितेश बुढाथोकी र बेस्ट ब्याट्सम्यान डिएभीका निर्मित नेपाल घोषित भए । इमर्जिङ खेलाडीका रूपमा अपी स्कुलका विशाल बुढा सम्मानित भए । प्रतियोगितामा अपी स्कुलले तेस्रो स्थान सुरक्षित ग¥यो भने युनाइटेड एकेडेमीले फेयर प्ले अवार्ड प्राप्त ग¥यो । 

ad
ad