१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १२ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार १२ मंगलबार १९:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वोच्च अदालतले माग्यो बालेनसँग लिखित जवाफ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १२ मंगलबार १९:३o:oo

सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सँग लिखित जवाफ मागेको छ।

मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै लिखित जवाफ मागेको हो।

महानगरप्रमुख साहले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि चलचित्र निर्माताहरू अदालत गएका थिए। त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले भारतीय चलचित्र प्रदर्शनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। 

लगत्तै, बालेनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै जस्तोसुकै कारबाही भोग्न पनि तयार रहने तर भारतीय चलचित्र प्रदर्शन हुन नदिने बताएका थिए। साथै, उनले सरकार र अदालतले भारतको गुलामी गरेको आरोप लगाएका थिए। 

सोही अभिव्यक्तिविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध रिट दर्ता गरेकी थिइन्।