मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार १२ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका बैंगलुरु
२o८o असार १२ मंगलबार १९:११:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आशिषको डेब्यु गोलमा पाकिस्तानविरुद्ध नेपाललाई सान्त्वना जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, बैंगलुरु
नयाँ पत्रिका
२o८o असार १२ मंगलबार १९:११:oo

आशिष चौधरीले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल गरेपछि भारतमा जारी साफ च्याम्पियनसिप २०२३ को अन्तिम खेलमा नेपालले सान्त्वना जित हासिल गरेको छ। 

नेपालले श्री कान्तिराव स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा आज पाकिस्तानलाई १–० ले पराजित गर्‍यो। 

समूह चरणको अघिल्लो दुई खेलमा पराजित भइसकेको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ। अन्तिम खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८०औँ मिनेटमा गोल गरे।

आशिष दोस्रो हाफमा आभास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका थिए। आजको जितसँगै नेपालले साफमा १५ वर्षयता पाकिस्तानविरुद्ध जितको खडेरी तोडेको छ। 

नेपालले सन् २००८ मा माल्दिभ्समा भएको साफमा पाकिस्तानलाई साफमा पराजित गरेको थियो। त्यसयता नेपालले साफमा पाकिस्तानलाई पराजित गर्न सकेको थिएन।