१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंका स्ववासीलाई लालपुर्जा दिने प्रक्रिया अघि बढेकाे छ : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:४४:oo

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका स्ववासीहरूलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताएकी छिन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले काठमाडौंमा कमैया जीवन बिताउन बाध्य धेरै मूलवासी नेवारहरू रहेको भन्दै उनीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको बताएकी हुन्। 

उनले भूमिहीनहरूलाई जग्गाको लालपुर्जा दिन राष्ट्रिय भूमि आयोगले ७७ वटै जिल्लामा काम गरिरहेको जानकारी गराइन्। 

सहकारीपीडितहरू आन्दोलित भइरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको बताउँदै उनले गरिब घर, परिवार पहिचान गरी परिचयपत्र वितरण गरिने पनि जानकारी गराइन्। 

उनले सहकारी संस्थाहरूलाई दिगो र बलियो बनाउन विस्तृत अध्ययन र अनुसन्धानको प्रक्रिया अगाडि बढेको बताइन्।