१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१५:oo
Read Time : > 2 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाल–अमेरिका चलचित्र महोत्सव सम्पन्न, ‘राधा’लाई उत्कृष्ट अवार्ड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिचर तर्फको अवार्ड सुवर्ण थापा निर्देशित चलचित्र  ‘द सेक्रेटस् अफ राधा’ले पाएको छ । अमेरिकाको वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा चार दिनसम्म संचालन भएको महोत्सवमा ‘राधा’ले उत्कृष्ट अवार्ड जितेको हो ।

त्यस्तै, सुजित बिडारीले निर्देशन गरेको चलचित्र ‘ऐन झ्लायको पुतली’ र पाकिस्तानी निर्देशक साइम सदिकले निर्देशन गरेको जोयलेण्डले मानार्थ पुरस्कार जितेका छन् । उत्कृष्ट छोटो कथानक चलचित्र पुरस्कार सन्तोष दाहालको ‘द मिराज’ले प्राप्त गरेको छ भने सूर्य शाहीद्धारा निर्देशत ‘ह्वील्स अन द बस’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ ।
 
महोत्सवमा उत्कृष्ट फिचर वृत्तचित्र पुरस्कार सनी लियुद्धारा निर्देशत ‘पियोना म्यान’ र अमेरिकी निर्देशक न्यान्सी स्पेस्डेनले निर्देशन को ‘पासाङ : द स्याडो अफ एभरेष्ट’ प्राप्त गरेका छन् भने सचिन घिमिरेले निर्देशन गरेको वृत्तचित्र ‘इन्टू द मिस्ट’ले मानार्थ पुरस्कार जितेको छ ।  वृत्तचित्र विधातर्फको उत्कृष्ट वृत्तचित्रको पुरस्कार श्रीष् कुँवरद्धारा निर्देशित ‘मेरो बुबा’ले प्राप्त गरेको छ भने भारतका मिधुनजी बाबुको ‘डु डक्स माइग्रेन’ले मानार्थ पुरस्कार पाएको छ ।

महोत्सवले प्रदान गर्ने इम्पावरमेन्ट अवार्ड अस्कर अवार्डमा नोमिनेशन भएको चलचित्र ‘कमिङ आउट वीद द हेल्प अफ टाइम मेसिन’ले प्राप्त गरेको छ भने ‘ह्वेर द विण्डो डाइ’ले फ्रिडम अफ एक्सप्रेशन अवार्ड प्राप्त गरेको छ । महोत्सवका निर्णायक अमेरिकाका निना स्टा«इक, रेबेका बुस्तमान्ते र इरानका फरिद बोजमेरले विभिन्न ११ देशका ३७ ओटा चलचित्र मध्येबाट ती चलचित्र पुरस्कारका लागि छनौट गरेका थिए ।
 
महोत्सवमा आफ्नो चलचित्र ‘द सेक्रेट अफ राधा’ले उत्कृष्ट चलचित्र पुरस्कार प्राप्त गरेपछि निर्देशक सुवर्ण थापले भने, ‘चलचित्र मानवीय संवेदनालाई प्रस्तुत गर्ने माध्यम हो । यो चलचित्रमार्फत राधालाई नेपाली समाजको प्रतिनिधिपात्रका रुपमा प्रस्तुत गरिएको छ । महोत्सवमा राधाले उत्कृष्टपुरस्कार पाउँदा खुशी लागेको छ ।’

‘ऐना झ्यालको पुतली’ को प्रदर्शनबाट जुन २२ मा सुरु भएको महोत्सवमा नायक राजेश हमाल, सहयोगी संस्था ग्लोबलपिस फिल्म फेस्टिभलका प्रतिनिधि, अमेरिकामा रहेका नेपाली चलचित्रकर्मी, मेरिल्याण्ड गभर्नस् अफिस, मेरिल्याण्ड फिल्म अफिस, मेरिल्याण्ड पार्कस् एण्ड रिक्रियशनका फिल डेभिसलगायतको उस्थिति रहेको थियो ।

एएफआई सिल्भर थियटर र ८० वर्षदेखि सञ्चालनमा रहेको वल्र्ड ग्रिनबेल्ट थियटरमा चलचित्र प्रदर्शन गरिएका थिए । महोत्सवमा चलचित्र प्रदर्शनका साथसाथै ‘इन्भेस्टिङ इन साउथएशियन स्टोरिज’विषयमा अन्तक्र्रिया गरिएको थियो । छलफलमा भारत कलाकार तथा चलचित्र निर्माता, पाकिस्तानका कलाकार तथा निर्देशक नूर नग्मीर नेपालका निर्देशक तथाक लाकार सुवर्ण थापा सहभागी थिए । सो छलफलको सहजकर्ता चलचित्रकर्मी किर्तना बाँस्कोटाले गरेकी थिइन । यसै गरीग्रिन बेल्ड वल्र्डबेल्ट थिएटरमा अमेरिकन चलचित्र निर्माता र अस्वेत चलचित्रकर्मीबीच छलफल गरिएको थियो ।

 नेपाल अमेरिका चलचित्र समाजका अध्यक्ष पूर्ण सिंह बराइलीले महोत्सवले   नेपाली समाज, सभ्यता र संस्कृतिलाई संसारभरिनै पु¥याउन सहयोग गरिरहेको बताए ।  ‘महोत्सवले नेपाली, दक्षिण एशिलाली र अमेरिकाका साथै संसारका विभिन्न क्षेत्रकाकलाकार, चलचित्रकर्मी र दर्शकबीच ज्ञानको आदानप्रदान गर्न पनि सहयोग पु¥याउन सक्यो भन्ने लागेको छ’, उनले भने । 

 महोत्सवका निर्देशक युवाकार राज राजकर्णिकारले यो वर्षको फेस्टिभल सफलतापूवर्क सम्पन्न गर्न सहयोग गर्ने चलचित्रकर्मी, निर्माता, फेस्टिभलका जुरी र सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । 

कार्यक्रमको समापनमा बोल्दै आयोजक संस्थाका सहसंस्थापक किरण पौडेलले चलचिका क्षेत्रमा संस्था नै निर्माण गरेर निरन्तर फिल्म फेस्टिभल गर्ने काम नभएको अवस्थामा नेपाल अमेरिका चलचित्र समाजले चुनौती नै लिएर यो महोत्सव आयोजना गरेको बताए । ‘‘यो महोस्तवले थप सफलता प्राप्त गर्दै गएको छ । आगामी दिनमा यसलाई थपप्र भावकारी बनाउँदै जाने योजना सहित अगाडि बढेका छौं’, उनले भने ।