१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० असार ११ सोमबार १६:०९:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम

Read Time : > 1 मिनेट
२०८० असार ११ सोमबार १६:०९:००

सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा पुग्न सफल भएको छ। यस्तै, आयरल्यान्ड र स्विट्जरल्यान्ड क्रमशः द्वितीय र तृतीय स्थानमा उभिएका छन्। 

विश्वका ६४ देशको प्रतिस्पर्धात्मक क्षमतालाई मूल्यांकन गर्न सर्वेक्षण, सांख्यिकीय अध्ययन र प्रवृत्तिहरूको संयोजनलाई प्रयोग गरी इन्टरनेसनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आइएमडी)ले सार्वजनिक गरेको पछिल्ला वरीयतामा सिंगापुर एक स्थान तल झरेको छ। 

गत साता आइएमडीको वर्ल्ड कम्पिटिटिभनेस सेन्टर (डब्लुसिसी)ले आफ्नो वार्षिक प्रतिवेदनमा ६४ वटा अर्थतन्त्रमध्ये सिंगापुर चौथो स्थानमा रहेको जनाएको छ। सन् २०१९ र २०२० मा पहिलो स्थानमा रहेको सिंगापुर सन् २०२१ मा पाँचौँ स्थानमा रहेको थियो। 

डब्लुसिसीले दीर्घकालीन मूल्य सिर्जना हासिल गर्नका लागि आफ्नो दक्षतालाई कसरी व्यवस्थापन गर्दछ भन्ने आधारमा देशहरूको विश्लेषण र श्रेणीकरण गर्दछ। 

यसले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) र उत्पादकत्वका अतिरिक्त यसले उद्यमहरूले राजनीतिक, सामाजिक र सांस्कृतिक कारकहरूसँग कसरी सामना गर्छन् भन्ने विषयलाई मूल्यांकन गरी सार्वजनिक गर्छ। 

शीर्ष १० मा नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेको छ भने ताइवान, हङकङ, स्विडेन, अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) क्रमशः छैटाैँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन्।

सन् २०१९ देखि २०२१ सम्म लगातार ४३औँ स्थानमा रहेको भारत तीन स्थान तल झरेर ४०औँ स्थानमा छ। आइएमडीको रिपोर्टको आधारअनुसार भारतले सरकारी दक्षतामा सुधार गरेको छ।  यद्यपि, व्यापार, पूर्वाधार र आर्थिक प्रदर्शनमा अन्य देशहरूको तुलनामा केही कमजोरी प्रदर्शन गरेका कारण ४०औँ स्थानमा उभिएको हो।

विशेषगरी, भारतलाई विशेष अंक दिलाउन योगदान गरेका  शीर्ष तीन सूचकहरूमा विनिमयदरमा स्थिरता, क्षतिपूर्तिस्तर र प्रदूषण नियन्त्रणमा सुधार रहेको रिपोर्टमा बताइएको छ।

सन् २०२३ मा भारतले आफ्नो उच्च जिडिपी वृद्धि कायम राख्ने, वित्तीय बजारको उतारचढावको सामना गर्ने, मुद्रास्फीति र वित्तीय घाटा नियन्त्रण गर्ने, डिजिटल रूपान्तरणलाई गति दिने र पूर्वाधार विकासका लागि स्रोत परिचालन गर्नेजस्ता चुनौतीको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ। 

सन् २०२३ को नतिजाले कोभिड– १९ को महामारीपछि खुल्न ढिला भएका अर्थतन्त्रले आफ्नो प्रतिस्पर्धात्मक क्षमतामा कसरी सुधार देखिन थालेको छ भन्ने कुरा पनि उजागर गरेको छ। उदाहरणका लागि थाइल्यान्ड, इन्डोनेसिया र मलेसियाको वरीयतामा सुधार आएको छ भने सुरुमै खुलेका स्विडेन र फिनल्यान्डजस्ता अर्थतन्त्रहरू पछि परेका छन्। 

सन् २०२२ मा शीर्ष १० वरीयता क्रममा युरोपका पाँच मुलुक पर्न सफल भएका थिए। सन् १९८९ मा पहिलोपटक प्रकाशित आइएमडी वर्ल्ड कम्पिटिटिभनेस इयरबुक (डब्लुसिवाई) एक विस्तृत वार्षिक प्रतिवेदन हो र देशहरूको प्रतिस्पर्धात्मकतामा विश्वव्यापी सन्दर्भ स्रोत हो।