मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार १० आइतबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असार १० आइतबार २१:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किराँत लोहोरुङ राईको पाठ्यपुस्तक प्रकाशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १० आइतबार २१:४२:oo

स्थानीय भाषाअन्तर्गत विद्यालय तहमा मातृभाषा पठनपाठनका लागि किराँत लोहोरुङ राई भाषाको पाठ्यपुस्तक तयार भएको छ। दिवस लोहोरुङ राईले लेखेको कक्षा १ र २ को पुस्तक किराँत लोहोरुङ राई समाजले प्रकाशन गरेको हो।

पाठ्यपुस्तक तयार पार्न प्राज्ञिक परामर्शदाता रहेका प्राज्ञ डा. तारामणि राईले पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको मापदण्डअनुसार पाठ्यपुस्तक तयार पारिएको बताए। राईले किराँत राईअन्तर्गतका करिब एक दर्जन भाषिक सुमदायको पाठ्यपुस्तक तयार पार्न प्राज्ञिक परामर्श प्रदान गरिसकेका छन्। 

सहप्राध्यापक डा. बिना राईले शैक्षिक चेतनामा अगाडि देखिए पनि भाषिक पहिचान जोगाउन लोहोरुङ राई समुदाय अपेक्षाकृत रूपमा जागरुक हुन नसकेको बताइन्। समाजका संस्थापक अध्यक्ष डम्मर लोहोरुङ राईले भाषा नै पहिचानको आधार भएको भन्दै पाठ्यपुस्तक पठनपाठनका लागि सकारात्मक दबाब दिनुपर्ने बताए।

किराँत लोहोरुङ राई समाजका निवर्तमान अध्यक्ष चित्रबहादुर लोहोरुङ राईको संयोजनमा प्रकाशित पुस्तक तयार पार्न मानवशास्त्री सुजिन्द्र लोहोरुङ राई, गजेन्द्र लोहोरुङ राई, सन्तवीर लोहोरुङ राईलगायतले सम्पादनमा साथ दिएका छन्।

बहुभाषिक नीति अँगालेको नेपाल सरकारले सो नीति कार्यान्वयनका लागि स्थानीय तहलाई स्थानीय पाठ्यक्रम तयार पारेर अध्यापन गराउन वा स्थानीय भाषा पठनपाठन गराउन अधिकार प्रदान गरेको छ। 

संखुवासभाको खाँदबारी नगरपालिकाको केही वडा र चिचिला गाउँपालिकाको केही वडामा किराँत लोहोरुङ जातिको सघन बसोवास रहेको छ।

अहिले विश्वमा करिब सात हजार भाषा बोलिने तथ्यांक छ। तर, हरेक दुई सातामा एउटा भाषा लोप हुँदै गइरहेको तितो सत्य पनि छ। त्यस्ता भाषाहरूमा अधिकांश आदिवासी समुदायले बोल्ने भाषा रहेका छन्। त्यसैले भाषा संरक्षणका लागि संयुक्त राष्ट्रसंघले सन् २०२२ देखि २०३२ सम्मको एक दशकलाई विश्व आदिवासी भाषा दशक घोषणा गरेको छ।