१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उदयपुरको ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:२३:oo

उदयपुरको पहाडी क्षेत्रमा पर्ने ताप्ली गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ मा वडाहरूमा बजेट नपठाउने भएको छ । बजेट गत वर्षको भन्दा घटेको र वडाका योजनाहरूसमेत उपलब्धिमूलक नभएको भन्दै गाउँपालिकाले वडाहरूमा बजेट नपठाउने भएको हो।

ताप्ली गाउँपालिका– ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले वडाले आफ्ना योजना सिफारिस गर्ने, तर बजेट नल्याउने बताए। उनले भने, ‘हामीले कार्यपालिकाको बैठकबाटै बजेट नल्याउने निर्णय गरेको हौँ। हामी वडाका योजनाहरू पालिकामा सिफारिस गर्नेछौँ।’ बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै माग भई आएकाले प्रभावकारिता नदेखिने हुँदा वडागत रूपमा बजेट माग नगरिएको वडाध्यक्षहरूको भनाइ छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले संघ र प्रदेश सरकारबाट विभिन्न शीर्षकका अनुदान र आन्तरिक आयसहितको  ३७  करोड ३० हजारबराबरको बजेट ल्याउने तयारी भएको बताए। गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माले समग्रमा पालिकाका समस्याको सम्बोधन हुने गरी एकीकृत योजना छनोट हुने बताए । 

पाँचवटा वडा रहेको ताप्ली गाउँपालिकामा चालू आर्थिक वर्षको तुलनामा आगामी आवका लागि दुई करोड ३६ लाख रुपैयाँ  कम बजेट विनियोजन गरिएको छ।

ad
ad