१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नेपालले विश्वमै पहिलोपटक योग दिवस सुरु गरेको हो : ओेली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४१:oo

एमाले अध्यक्ष केपी ओलीले नेपालले ३५ सय ३६ वर्षअघिबाट योग दिवस मनाउन सुरु गरेको बताएका छन् । नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार एमाले केन्द्रीय कार्यालयमा आयोजित प्रवचन कार्यक्रममा उनले विश्वमै पहिलोपटक त्यति लामो समयदेखि नेपालले योग दिवस मनाउन सुरु गरेको बताएका हुन् ।

त्यसरी नेपालले लामो समयदेखि योग दिवस मनाउनुको पछाडि ऋषिमुनिहरूको जिनेटिक मेमोरीले काम गरेको ओलीले दाबी गरे । ‘अरूले मनाएका थिएनन्, तर नेपालले नै विश्वमा पहिलोपटक योग दिवस मनाउन किन प्रारम्भ गर्‍यो ? हामीसँग विद्वान् ऋषिमुनिहरूको जिनेटिक मेमोरी छ, स्मृति छ हामीसँग,’ उनले भने, ‘त्यो स्मृतिले हामीलाई झकझक्याइरहन्छ । त्यसैकारण हो ।’ 

ओलीले योगलाई जीवन संस्कारका रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिए । समाजमा अराजकता, अनुशासनहीनता बढेको र जिम्मेवारीबोधको कमी भएको बताउँदै उनले जीवनलाई सार्थक बनाउन योग गर्नुपर्ने बताए ।

‘मैले भन्दै आएको छु, दिमागमा अहंकार पसेपछि ढोका लगाउँछ, चुकुल लगाउँछ, साँचो पनि लगाउँछ । केही ज्ञान, गुण, आचारण, सीप केही पनि प्रवेश गर्न पाउँदैन घमन्डले । अरू चिज प्रवेश नै गर्न पाउँदैन,’ ओलीले भने, ‘घमन्ड मात्रै हुन्छ दिमागमा । घमन्डी दिमागले केही सोच्नै सक्दैन । नाम नै अहंकार । मान्छे बन्नै सक्दैन । त्यसले मान्छेलाई दुष्टात्मा बनाउँछ ।’

ad
ad