१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धेरै नेपाली बसोवास गर्ने देशमा अवैतनिक राजदूतमार्फत राहदानी दिऔँ : माधव नेपाल  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२३:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धेरै नेपाली भएको देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने पहल थाल्न सरकारसँग आग्रह गरेका छन्।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। धेरै नेपाली बसोवास गर्ने देशका सहरमा अवैतनिक राजदूतका माध्यमबाट समयमा नै राहदानी नवीकरण गर्नुपर्ने उनको भनाइ थियो।

कतिपय देशका दूतावासमा कर्मचारी कम हुँदा समयमा नै काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले समयमा नै राहदानी खरिद गर्न सके कम मूल्य पर्ने सुझाव दिए।

अध्यक्ष नेपालले राहदानी खरिदमा देखिएका विकृति, विसंगतिमा सरकारको ध्यान कति गएको छ ? भन्दै प्रश्नसमेत गरे।