१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छ : मन्त्री किराँती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१४:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाजस्तै अग्लो रहेको बताएका छन्।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सिमाना भएको बताउँदै उनले  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भए पनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे। 

उनले भने, ‘यो सुरुवात गर्नु धेरै ठूलो कुरा हो। योभन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो। यो लामो यात्राको पहिलो पाइला हामीले प्रारम्भ गरेको अनुभूति भएको छ। सगरमाथा विश्वशिखर मात्रै होइन, विश्वकै अग्लो सिमाना पनि हो। योभन्दा अग्लो सिमाना दुनियाँमा कतै छैन। तर, अनौठो कुरा यो प्राकृतिक सिमाना जति अग्लो छ। त्योभन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ। हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिकको छ।’ 

मन्त्री किराँतीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भान्जाभान्जी आएजस्तो लाग्ने गरेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै विस्तार र सुदृढ बनाउनुपर्ने बताए।