१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सनराइजले दियो सुनसरीमा पशुपालन र डडेल्धुरामा आलुखेतीसम्बन्धी तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३३:oo

सनराइज बैंकले सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सुनसरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन र डडेल्धुरामा आलुखेतीसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 

स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम स्थानीय व्यक्तिहरूलाई प्रदान गरेर उनीहरूको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ ज्ञान प्रदान गर्ने उद्देश्यसहित सुनसरीमा दुईदिने कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । 

बैंकका कोसी प्रदेश प्रमुख विनोद गजुरेलसहित पदाधिकारीको उपस्थितिमा उक्त कार्यक्रम गरिएको बताइएको छ । कार्यक्रमको प्रशिक्षण डा. नागेन्द्रबहादुर दाहाल र सबिन खतिवडाले गरेको बैंकले जानकारी गराएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको उक्त कार्यक्रम विशेष गरी बाख्रा, बंगुर र कुखुरापालनमा केन्द्रित सीपमूलक तालिम दिइएको थियो ।

त्यसैगरी कृषि, आम्दानी वृद्धि र बैंकिङबारे डडेल्धुरामा दुईदिने आलुखेती उत्पादन तथा वित्तीय साक्षरता कार्यक्रममा ४० जना सहभागी थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका स्रोत व्यक्ति ध्रुवराज जोशी र श्री मनीषा चौधरीद्वारा प्रशिक्षित उक्त कार्यक्रम अमरगढी–८ का वडा अध्यक्ष नरबहादुर शंखी र बैंकका तर्फबाट प्रतिनिधि पुष्पराज भट्टको उपस्थितिमा आयोजना गरिएको थियो । यस तालिमले आलुको व्यावसायिक उत्पादन, बजारीकरण, आलुबाट बनाउन सकिने सामग्रीसम्बन्धी ज्ञान र त्यसबाट आफ्नो आयलाई कसरी बढाउन सकिन्छ भन्नेबारे ज्ञानसमेत दिइको बैंकले जनाएको छ । 

सीपमूलक तालिमले कृषकहरूमा उत्पादन वृद्घि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरूको व्यावसायिक क्षमतामा वृद्घि गर्ने बैंकले विश्वास लिएको छ । बैंकले यस्ता सीपमूलक तालिम देशभरिका सातै प्रदेशमा गर्दै आएको छ ।