१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o६:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

हरेक इन्स्टाग्राम पोस्टबाट १४ करोड २४ लाख रुपैयाँ कमाउँछन् कोहली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:२९:oo

भारतका पूर्वकप्तान विराट कोहली विश्व क्रिकेटमा सोसल मिडियाबाट सर्वाधिक कमाउने क्रिकेटर हुन् । भारतमा सोसल मिडियासम्बन्धी हेर्ने स्टाक ग्रो कम्पनीले मंगलबार कोहलीले प्रतिइन्स्टाग्राम पोस्टबाट १४ करोड २४ लाख नेपाली रुपैयाँ कमाउने जनाएको छ । स्टाक ग्रो कम्पनीका अनुसार कोहलीको कुल सम्पत्ति एक हजार ५० करोड भारु पुगेको छ । कोहलीलाई इन्स्टाग्राममा २५ करोड ३० लाख फलोअर्सले फलो गर्छन् । 

इन्स्टाग्रामको फलोअर्समा कोहलीले टेनिसका रोजर फेडेरर, फुटबलका सर्जियो रामोस तथा वाइनी रुनीलाई समेत पछि पारेका छन् । यसैगरी, ट्विटरमा उनले प्रतिएक पोस्टमा तीन करोड २० लाख रुपैयाँ आर्जन गर्ने स्टाक प्रोले जनाएको छ । इन्स्टाग्राममा एसियाली खेलाडीमध्ये धेरै फलोअर्स हुनेमा कोहली नम्बर एक हुन् । 

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को समूह ‘ए’ मा रहेका कोहलीले प्रतिवर्ष ११ करोड २० लाख रुपैयाँ लिन्छन् । बिसिसिआईले प्रत्येक एक टेस्ट खेल्दा उनलाई २४ लाख र एकदिवसीय सिरिजमा एक खेलमा ९ लाख रुपैयाँ दिने गरेको छ । यसैगरी, अन्तर्राष्ट्रिय टी–२० खेलमा कोहलीले प्रतिखेल बोर्डबाट चार लाख ५० हजार रुपैयाँ लिने गरेका छन् । विश्वकै चर्चित क्रिकेटर कोहली महँगो कार संकलनमा माहिर छन् । भारतीय मिडियाहरूका अनुसार कोहलीसँग ४६ करोड रुपैयाँबराबरका कार छन् । यसमा उनले विश्वकै अति नै महँगो कार आफ्नो संकलनमा राखेका छन् । 

ad
ad