१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजवादी मोर्चा इतिहासमा नयाँ प्रयोग हो : विप्लव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३६:oo

नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा इतिहासमा एउटा नयाँ प्रयोग भएको बताएका छन् । 

सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘नेपाली जनताको स्वाधीनता र स्वतन्त्रताको चाहना पूरा गर्न फेरि एउटा नयाँ संघर्ष अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा एउटा नयाँ प्रयोग गरेका हौँ ।’ 

उनले सरकारमा भएको पार्टी र जनताबीच रहेर संघर्ष गरिरहेको पार्टी एउटै मोर्चामा रहेको भन्दै यस्तो प्रयोग इतिहासमा कहिल्यै नभएको चर्चा गरे । 

मुलुक अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको भन्दै उनले थुप्रै खालका संकट टाउकोमाथि घुमिरहेको, देशमाथि अतिक्रमण भइरहेको र जनतामाथि अत्याचार भइरहेको बताए । 

‘निराशा र आशाको दोधारमा युवा उभिएको छ । अग्रगमन र पश्चगमनको बीचमा मुलुक उभिएको छ । यो असामान्य परिस्थित मुलुकका सामुन्नेमा छ,’ उनले भने, ‘देशभरका जनताको चाहनाअनुसार आजको संकटबाट मुलुकलाई मुक्त गर्नकै लागि लामो समयदेखि चार राजनीतिक दलबीचको छलफलबाट मोर्चा बनाउन सफलता मिलेको हो ।’


उनले देशको नेतृत्व अग्रगामीहरूले गर्ने, समाजवादी मोर्चाले गर्ने जिकिर गरे । देशभक्त स्वाभिमान नागरिकले देशको नेतृत्व गर्ने हो भन्नेमा आफूहरू विश्वस्त रहेको भन्दै मोर्चाले बेपत्ता योद्धाहरू र सहिदको सपना पूरा गर्न क्रियाशील हुने बताए ।