मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० असार ४ सोमबार १५:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकतामा सत्तापक्ष आफैँले राजनीतीकरण गरिरहेको छ : सांसद लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असार ४ सोमबार १५:३९:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकताको विषयमा सत्तापक्ष आफैँले राजनीतीकरण गरिरहेको आरोप लगाएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई दबाब दिए। 

त्यसको कन्टेन्टमा छलफल गरेर फास्ट ट्रयाकबाट सो विधेयक पारित गर्न आफूहरूको कुनै आपत्ति नरहेको अध्यक्ष लिङ्देनको भनाइ छ। 

उनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरूबाट भएझैँ गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाए। 

अध्यक्ष लिङ्देनले नागरिकताको विषयमा राजनीतीकरण नगर्न सत्तारूढ दलहरूलाई आग्रह गर्दै त्यो समस्या समाधान हुने गरी विधेयक संसदमा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराए।