१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
सौरभ यादव सप्तरी
Invalid date format १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बथनाहाका घर-घरमा वेदनारायण आतंक : न्याय गुहार्दै पीडित प्रशासन कार्यालयमा

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
Invalid date format १७:o४:oo

सप्तरीको बथनाहाका घर–घरमा साहुकार वेदनारायण यादवले आतंक फैलाएका छन्। 

सप्तरीको महादेवा गाउँपालिका– ३ बथनाहाका विजय यादवको घरगोठ भत्काएर परिवारका सदस्यलाई रुखमा बाँधेर बर्बर यातना दिएका साहुकार वेदनारायणको आतंकबाट पीडितहरू न्याय गुहार्दै प्रशासन कार्यालय पुगेका छन्। 

बथनाहाका दर्जनौँ विपन्नको बिल्लीबाठ पारेका वेदनारायणले उनीहरूमाथि धाकधम्की दिइरहेका छन्। साहकारको धाकधम्कीका बाबजुत पीडित आइतबार जिल्ला प्रशासन कार्यालय पुगेर न्याय मागेका हुन्। 

नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएकाे जनाउँदै जिल्लामा मिटरब्याजीहरूकाे आतंक नियन्त्रणका लागि मधेसी आयाेगले अपिल गरेकाे छ।