१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उपेक्षामा दार्चुला–तिंकर सडक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२७:oo

१५ वर्षअघि सुरु भएको सडकखण्ड महाकाली करिडोरमा गाभिएपछि निर्माण सुस्त 

दार्चुलाको लाइफलाइन आयोजनाको रूपमा हेरिएको महाकाली करिडोरअन्तर्गतको दार्चुला–तिंकर सडक निर्माण कार्य सुस्त छ । १५ वर्षअघि सुरु भएको दार्चुला–तिंकर सडक करिडोरमा गाभिएपछि झनै निर्माण कार्य सुस्त भएको छ । महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेव हुँदै डडेल्धुरा–बैतडी र दार्चुला जोडिन्छ । विगतमा दार्चुला सदरमुकाम खलंगाभन्दा माथि दार्चुला–तिंकर सडकको रूपमा नामाकरण गरिएको थियो । त्यसवेला व्याँस गाउँपालिका–४ सुनसेरासम्मको ३४ किलोमिटर सडकको ट्रयाक खुलेको थियो । 

तुसरपानीदेखि माथि दुई वर्षदेखि नेपाली सेनाले काम थालेको छ । तर, यो सडकखण्डमा बर्सेनि बजेट न्यून हुँदा व्यासीको सडक सपना तत्काल पूरा नहुने देखिएको व्याँस गाउँपालिका– १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । ‘हामीले यो सडक करिडोरमा होइन, दार्चुला तिंकर सडक छुट्टै चाहेका छौँ,’ उनले भने । सामरिक रणनीतिक महत्व बोकेको यो सडकलाई सरकारले प्राथमिकतामा नदिँदा ओझेलमा परेको छ । ‘सडक पुग्छ भनेर सुनेको वर्षौँ भयो, तर सडकले कहिले गति लिएको देखिँदैन,’ उनले भने, ‘चुच्चे नक्सा जारी भएपछि सरकारले यो सडक निर्माणलाई प्राथमिकता दिन्छ भन्ने हामीले सोचेका थियौँ । तर, ठीक उल्टो हुँदै गयो । भारत र चीनको सीमासम्म पुग्ने यो सडकमा बर्सेनि बजेट घटेर आउँदा व्याँसको तिंकरसम्म सडक पुग्ने सपना तत्काल पूरा हुने देखिन्न ।’

सुदूरपश्चिमको आर्थिक नाका, धार्मिक र पर्यटकीय महत्वको सडक हो यो । भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रनजिकका छांगरु र तिंकर गाउँ भएर चीनको सीमासम्म जोडन यो सडक सुरु भएको थियो । भारतले लिम्पियाधुरासम्म डबल लेन सडक निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ । नेपालतर्फ भने तुसरपानीभन्दा माथि सेनाले सुन्सेरादेखि टिंकरसम्मको बाँकी ७९ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मेवारी पाएको छ । ‘गाउँपालिकाले तिंकर सडकलाई व्याँसको तिंकर छांगरु, बुदीलगायतका ठाउँबाट समेत सडकको ट्रयाक खोल्न सरकारलाई आग्रह गरेको छ,’ व्याँस गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले भने, ‘माथिबाट कडा चटानी भूूगोल पनि छैन । दुवैतर्फ सडक काटे मात्रै समयमै तिंकरसम्म सडक निर्माण हुन सक्छ ।’

नेपाली सेनाले निर्माण गरिरहेको सडकखण्डमा चालू आर्थिक वर्षमा दुई किलोमिटरमा मात्रै ट्रयाक खोल्ने काम भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकले बजेट अभावमा गति लिन सकेको छैन । चालू आर्थिक वर्ष ०७९/८० मा तिंकर सडक निर्माणका लागि सरकारले साढे नौ करोड बजेट सेनालाई उपलब्ध गराएको थियो । त्यो वर्ष करिडोकारका लागि ५४ करोड बजेट विनियोजन भएको थियो । सेनाले तिंकर सडक निर्माणका लागि चालू आवमा २५ करोड रुपैयाँ उपलब्ध गराउन सरकारसँग माग गरेको थियो । 

व्याँस गाउँपालिका– ३ तुषारपानी र वडा नम्बर– २ दुम्लिङको चट्टानी भागमा सडक निर्माणको कार्य अहिले सेनाले गरेको छ । आव ०७७/७८ मा डिपिआर संशोधन, क्याम्प स्थापनालगायतका प्राविधिक कार्य गरिएकोमा गत वर्षदेखि सडक निर्माण नेपाली सेनाले काम थालेको थियो । ०७८/७९ मा सेनाले २० करोड बजेटमा तुषारपानीदेखि दुम्लिङसम्मको आठ किलोमिटर लामो सडकको ट्रयाक खोलेको थियो । त्यो वर्ष महाकाली करिडोरका लागि एक अर्ब तीन करोड बजेट विनियोजन भएको थियो ।

आगामी आवमा महाकाली करिडोरका लागि सरकारले ४५ करोड मात्रै रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेटले कुन क्षेत्रको ट्रयाक खोल्न प्राथमिकता पाउने हो, निक्र्योल छैन । सडकमा पर्याप्त बजेट नआएको भन्दै गाउँपालिकाले सरकारको ध्यानाकर्षण गराउन तिंकर गाउँमै गएर कार्यपालिका बैठक आयोजना गर्नुपरेको गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताए । गाउँकार्यपालिका बैठक राख्न जनप्रतिनिधि भारतीय बाटो हुँदै तिंकर पुगेका थिए । 

ad
ad