१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हाई प्रोफाइल सबै थुनामा, दुईजनालाई धरौटीमा रिहा गर्न आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१८:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीलगायत सबै हाई प्रोफाइललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

दुई साता लामो थुनछेक बहसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुईजनालाई धरौटीमा रिहा गरी हाई प्रोफाइलसहित १६ जनालाई थुनामा राख्न आदेश दिएको हो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत १६ जनालाई जगन्नाथदेवल पठाउन आदेशमा भनिएको छ।

ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा ३० जनालाई प्रतिवादी कायम गर्दै सरकारी वकिलले १० जेठमा मुद्दा चलाएको थियो। जसमाथि २१ जेठदेखि थुनछेक बहस सुरु भएको थियो। थुनछेक बहसपछि अदालतले शुक्रबार टंककुमार गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख धरौटीमा छाड्न र अन्यलाई थुनामा राख्न भनेकाे हाे। 

पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, पूर्वसांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईसहित १८ जनालाई प्रहरीले पक्राउ गरेर अभियोजन गरेको थियो ।