१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० असार १ शुक्रबार ११:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तुलसीपुरबाट रोल्पा जान लागेको जिप दुर्घटना, जिपमा सवार सबै यात्रु घाइते

Read Time : < 1 मिनेट
२०८० असार १ शुक्रबार ११:२५:००

दाङको तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटनामा परेको छ। तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा.१ज ५५६ नम्बरकाे जिप तुलसीपुर उपमहानगरपालिका– ३ सिरखोलामा दुर्घटनामा परेको हो ।

बिहान साढे १० बजेतिर रोल्पाको ओत जाँदै गरेको उक्त जिपमा १० जनाको संख्यामा यात्रु सवार थिए । उनीहरू सबै घाइते छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

उनका अनुसार घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान रहे पनि यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।