१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १९:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भोलिदेखि गोंगबुबाट मात्र बस छुट्ने, टिकट काउन्टरसमेत अन्यत्र राख्न नपाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १९:५८:oo

काठमाडौंबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरू भोलिदेखि गोंगबुमा रहेको नयाँ बसपार्कबाट मात्र छुट्ने भएका छन्। अन्य विभिन्न स्थानमा राखिएका टिकट काउन्टर र बस स्टेसनहरू हटाइने भएको छ। 

काठमाडौं महानगरपालिकाले आज सरोकारवालाहरूको बैठकपछि यस्तो निर्णय लिएको हो। छोटो, मध्यम र लामो दूरीका सबै सार्वजनिक सवारीसाधनहरू नयाँ बसपार्कबाट मात्र छुट्ने गरी निर्णय गरिएको महानगरले जनाएको छ। 

बसपार्कबाहेक अन्य स्थानमा राखिएका सम्पूर्ण टिकट काउन्टरहरू पनि भोलिदेखि नै हटाउने निर्णय भएको छ।

ad
ad