१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १७:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस पार्टी कार्यालयमा विद्यार्थीले थाले रिले अनशन

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १७:३७:oo

कांग्रेस रामेछापको पार्टी कार्यालयमा नेपाल विद्यार्थी संघको एक समूहले रिले अनशन सुरु गरेको छ।मंगलबारबाट विद्यार्थीका विभिन्न मागसहित पार्टी कार्यालयको मूल ढोकामा सातजना युवाले सातबुँदे माग राखेर रिले अनशन सुरु गरेका हुन्। 

कांग्रेस जिल्ला कार्य समितिका पदाधिकारीहरूलाई जानकारी नै नदिई आफूहरूले रिले अनशन सुरु गरेको मनीष चौहानले बताए। अनशनमा राजेश भण्डारी, सरोज बुढाथोकीलगायतका विद्यार्थी नेता सहभागी छन्।

विभिन्न सातबुँदे मागसहित अनशनमा बसेकाहरूले नेविसंघको जिल्ला नेतृत्व र त्यसको वैधानिकता तथा अधिवेशनको माग गरेका छन्। 

यस्तै, उनीहरूले विधानविपरीत पार्टी नेतृत्वको सिफारिस तथा नेतृत्व चयनको गलत प्रक्रिया र कांग्रेस जिल्ला कार्यसमिति रामेछाप मनोमानी ढंगले सञ्चालन गरिएको भन्दै त्यसविरुद्ध रिले अनशन थालिएको उनीहरूले बताए। 

उनीहरूले आफ्नो माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका छन्। कार्यालयमा नेविसंघका विद्यार्थी धर्ना बसेको विषय आफूलाई कुनै जानकारी नै नभएको कांग्रेसका पार्टी उप–सभापति लेखबहादुर कार्कीले बताए।