१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

इटलीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३४:oo

इटलीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो । उनी रक्त क्यान्सरबाट ग्रसित थिए ।

स्वास्थ्य परीक्षणका लागि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उनी चारपटकसम्म देशको प्रधानमन्त्री बनेका थिए । बुधबार मिलान क्याथेड्रलमा उनको अन्त्येष्टि गरिने प्राप्त विवरणमा जनाइएको छ । उनी इटलीको ज्वलन्त मिडिया सम्राटसमेत  थिए । आफ्नो जीवनकालमा बर्लुस्कोनीले मिडिया, घरजग्गा, वित्त, सिनेमा र खेलकुदमा फैलिएको विशाल साम्राज्य निर्माण गरेका थिए । 

सन् १९९३ मा इटलीका तीन सहरमा भएका शृंखलाबद्ध बम विस्फोटमा उनको कथित संलग्नतामा धेरैपटक अनुसन्धान गरिएको थियो । ती विस्फोटमा १० जनाको मृत्यु भएको थियो । बर्लुस्कोनीलाई कथित रूपमा हिंसालाई प्रोत्साहन गरेको आरोप लगाइएको थियो ।

आफूमाथि लागेका सबै आरोप उनले अस्वीकार गरेका थिए । करछलीको आरोपमा उनलाई सार्वजनिक पदमा प्रतिबन्ध लगाइएको नौ वर्षपछि सन् २०२२ को सेप्टेम्बरमा उनी इटलीको संसद्मा पुनः सिनेटका रूपमा निर्वाचित भएका थिए । 

ad
ad