१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य बिमा व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक : मन्त्री बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५३:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमालाई व्यवस्थित गर्न नीतिगत रूपमा नै सुधारको आवश्यकता देखिएको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले स्वास्थ्य बिमा सरकारी अस्पतालले मात्रै पाउने की निजीले पनि पाउने भन्ने लडाईं चलिरहेको बताए। यसलाई प्रभावकारी बनाउन आफूले स्वास्थ्य र बिमा दुवै बुझेको व्यक्ति खोजे पनि पाउन नसकेको मन्त्री बस्नेतको भनाइ छ।

‘स्वास्थ्य बिमा व्यवस्थित गर्न नीतिगत रूपमा नै सुधार गर्नुपर्नेछ। नीतिगत रूपमा नै हामी अघि बढ्नुपर्छ। यहाँ त स्वास्थ्य बिमा सरकारी अस्पतालले मात्रै पाउने कि निजीले पनि पाउने भन्ने लडाईं रहेछ। निजी मेडिकल कलेजका प्रतिनिधिले हामीले नपाउने भए अस्पताल बन्द गर्छौं भन्नुभयो। मैले मापदण्ड पुगेको छैन, त्यसमा टेकेर हान्नुपर्दा सधैँका लागि बन्द हुन्छ भनेँ। त्यसैले, कतै पाउँदै नपाएको कतै पाउने भन्दा बढी सुविधा पाएको बेथितिहरू छन्, त्यसका लागि हामीले कार्ययोजना बनाएर अघि बढेका छौँ,’ उनले भने।