१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, व्यवस्थापनमा चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:o३:oo

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ। कारागारको क्षमता ३५ भए पनि क्षमताभन्दा झन्डै तेब्बर कैदीबन्दी राखिएको छ।

कारागारमा अहिले ६ महिला र ८२ पुरुष गरी ८८ कैदीबन्दी छन्। ०२८ मा स्थापना भएको कारागार ०७२ कोे भूकम्पका कारण जीर्ण अवस्थामा छ। वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई बस्न समस्या भएको छ। जीर्ण बन्दै गएको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न निकै समस्या परेको छ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सुत्न र शौचालय जान समस्या भएको चौकीदार सुवास रानाभाटले बताए। उनले भने, ‘कैदीबन्दीले पिउने पानी, चर्पी, बसाइलगायतका समस्या झेल्दै आएका छन्।’

जिल्लामा आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटकपटक अनुरोध गरे पनि कुनै प्रक्रिया अगाडि नबढ्दा दिन प्रतिदिन समस्या बढ्दै गएको कारागार प्रशासनको भनाइ छ। कारागारको व्यवस्थापनमा समस्या भएसँगै केही दिनअघि कारागारबाट दुई कैदी पर्खाल नाघेर भागेका थिए।
 

ad
ad