१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रघुजी पन्तकाे प्रश्न– नेपालले टिष्टा–काँगडासहितको नक्सा किन नराख्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o१:oo

प्रतिनिधिसभा सदस्य रघुजी पन्तले भारतको प्रतिरोधस्वरूप टिष्टादेखि काँगडासम्म समेटिएको नक्सा नेपालको संसद् भवनमा राख्नुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।

भारतले आफ्नो संसद् भवनमा नेपाली भूमि समेटेर ‘अखण्ड भारत’को नक्सा राखेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा उक्त विषयमा कुरा राखेको बताए पनि भारतीय विदेश मन्त्रालयले नेपालले यस विषयमा ‘चित्त बुझाइसकेको’ बताएपछि सांसद पन्तले यस्तो धारणा राखेका हुन्।

उनले भने, ‘हामी नेपालीको चित्त बहुत छिटो बुझ्छ। हाम्रो प्रधानमन्त्रीले यहाँ आएर भन्नुभयो, मैले उठाएँ नक्साको कुरा। तर, हिजो भारतीय विदेशमन्त्री र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलन गर्दै प्रस्ट के भन्नुभएको छ भन्दाखेरि– त्यहाँको विदेशमन्त्रीले यो बंगलादेशले पनि उठायो, पाकिस्तानले पनि उठायो, नेपालले पनि उठायो । तर, हाम्रो मित्रदेश नेपालले चित्त बुझाइसक्यो । के नेपालले चित्त बुझाएको हो ? यदि भारतले त्यसलाई सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर आफ्नो संसदमा राखिराख्न पाउँछ भने हामीले सतलजसम्म पुगेको हाम्रो सिमाना, राबी नदीको छेउसम्म पुगेको सिमाना, टिष्टा–काँगडालाई पनि सामेल गरेको नक्सालाई भारतले त्यो नक्सा नहटाएसम्म हामीले पनि आफ्नो संसदमा टाँग्दा के हुन्छ ?’