१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर ।
Invalid date format २o:२६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२६:oo

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। 
बैठकम सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेश सभा नीति तथा कार्यक्रम पारितसम्बन्धी प्रस्तावका लागि समय दिएकी थिइन्। 

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले २१ जेठमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आजको बैठकमा प्रतिपक्षी दल एमालेका सांसदहरू टेकराज पछाईँ, जितबहादुर मल्ल र विनोदकुमार साहले नीति तथा कार्यक्रममाथि प्रस्तुत गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

सदस्य पछाईँले जनयुद्ध शब्द, मल्लले कर्णालीको हवाई व्यवस्था र साहले वित्तीय व्यवस्थाको पहुँचसँग सम्बन्धित विषयमा संशोधन प्रस्ताव राखेका थिए।