१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार नै पहिचानवादको पक्ष लागेर जनता भड्काइरहेको छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एकीकृत समाजवादी परित्याग गरी एमालेमा समाहित भएका नेता–कार्यकर्तालाई स्वागत गर्दै उनले कोसी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटनाहरू भइरहेको बताए। पहिचानवादका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै उनले एमाले प्रतिवादमा उत्रिने बताए।

नेपाललाई जातजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट पुष्पकमल दाहालले देशभर पहिचानको विष फैलाउने कोसिस गरेको गम्भीर आरोप लगाउँदै पूर्वप्रधानमन्त्री ओलीले प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे।

‘नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने, यो किराँत प्रदेश राख्न खोजेको किन रहेछ भने हामीले देख्दैछौँ नि। नराख्दा यस्तो छ, राख्ने भए के हुन्थ्यो। गैरकिराँत त बस्न पनि नपाउने अवस्था बन्ने रहेछ नि त। प्रचण्डले सकेन यो विषको आगो फैलाउन, प्रचण्डले खोजेको हो, देशभर विषको आगो फैलाउन, पहिचानको राजनीति ल्याउन, जातजातका राज्य, यो कोसिस गरेको हो । भड्काउन, बिथोल्न खोजेको हो । प्रचण्डहरूको यसमा प्रत्यक्ष संलग्नता देखियो। नाम राख्ने, अलिपछि गल्ती भयो भन्ने पुनः विचार गर्नुपर्छ भन्ने र त्यता मान्छे भड्काउने । प्रचण्ड भनेको एकछिनमा पहिचानवादी, एकछिनमा राष्ट्रियतावादी हो। एकछिनमा फाटोवादी, एकछिनमा तमासा। अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने वेला आएको छ। सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन,’ ओलीले भने।